Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

खाडि राष्ट्र कतारले ‘ओपेक’को सदस्यता त्याग्दै , ग्यास उत्पादनमा ज्यादा केन्द्रित हुने घोषणा

admin

दोहा, मंसिर १७ ।
कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको संगठन (ओपेक)को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ ।

खाडि राष्ट्र कतारका ऊर्जामन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा आफूलाई ज्यादा केन्द्रित गर्ने घोषणा गरेका छन ।

काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको तथा तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए ।

कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुकमा पर्दै आएको छ ।

‘हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन । हामी यथार्थपरक हुनैपर्दछ । हाम्रो क्षमता नै ग्यास हो’–मन्त्री साद अल–काबीले बताए ।

सन् १९६१ मा कतार ओपेकको सदस्य राष्ट्र भएको थियो ।

मन्त्री काबीले कतारको निर्णयको बारेमा ओपेकलाई पूर्वजानकारी दिइ सकेको जनाए ।

ओपेकमा तेलको धनी राष्ट्र साउदी अरेबियाको दवदवा कायम रहेको छ । साउदी अरेबियाले ओपेकमा आबद्ध केही राष्ट्रको गठबन्धन बनाइ जुन २०१७ देखि कतारमाथि नाकाबन्दी गर्दै आएको छ । रासस/एएफपी


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको