Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

खाडि राष्ट्र कतारले ‘ओपेक’को सदस्यता त्याग्दै , ग्यास उत्पादनमा ज्यादा केन्द्रित हुने घोषणा

admin

दोहा, मंसिर १७ ।
कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको संगठन (ओपेक)को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ ।

खाडि राष्ट्र कतारका ऊर्जामन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा आफूलाई ज्यादा केन्द्रित गर्ने घोषणा गरेका छन ।

काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको तथा तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए ।

कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुकमा पर्दै आएको छ ।

‘हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन । हामी यथार्थपरक हुनैपर्दछ । हाम्रो क्षमता नै ग्यास हो’–मन्त्री साद अल–काबीले बताए ।

सन् १९६१ मा कतार ओपेकको सदस्य राष्ट्र भएको थियो ।

मन्त्री काबीले कतारको निर्णयको बारेमा ओपेकलाई पूर्वजानकारी दिइ सकेको जनाए ।

ओपेकमा तेलको धनी राष्ट्र साउदी अरेबियाको दवदवा कायम रहेको छ । साउदी अरेबियाले ओपेकमा आबद्ध केही राष्ट्रको गठबन्धन बनाइ जुन २०१७ देखि कतारमाथि नाकाबन्दी गर्दै आएको छ । रासस/एएफपी


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको