Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

पक्राउ परेकालाई रिहा नगरे सबै बैंकरले पेन डाउन गर्ने खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत

एसिसि महिला प्रिमियम कप: नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

Reporter

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्सको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुदै छ ।

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८-८ विकेटको जित हासिल गरेको थियो । त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो ।

आजै समुह डी कै भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन् । यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको