Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

Site Oficial De Apostas Em Football, Esportivas Online E Cassino No Brasil 2025 १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

६ किलो सुन र ६२ लाख बढी नगदसहित पोखराबाट भारतीय नागरिक पक्राउ

Reporter

पोखरामा सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो भन्दा बढी सुनसहित भारतको पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिकलाई मंगलबार पक्राउ गरेको हो ।

उनको साथबाट ६ किलो ६९ ग्राम अवैध सुन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

उनीसँग सुनसहित ६ किलो चाँदी र नगद ६२ लाख ८१ हजार पनि बरामद गरिएको जनाइएको छ ।  उनले उक्त सुन र नगद कहाँबाट ल्याएको भन्ने अहिलेसम्म नखुलिसकेको पनि जनाइएको छ । अधिकांश सुनको गहनाहरु बनाइएको पाइएको पनि प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको