Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

६ किलो सुन र ६२ लाख बढी नगदसहित पोखराबाट भारतीय नागरिक पक्राउ

Reporter

पोखरामा सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो भन्दा बढी सुनसहित भारतको पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिकलाई मंगलबार पक्राउ गरेको हो ।

उनको साथबाट ६ किलो ६९ ग्राम अवैध सुन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

उनीसँग सुनसहित ६ किलो चाँदी र नगद ६२ लाख ८१ हजार पनि बरामद गरिएको जनाइएको छ ।  उनले उक्त सुन र नगद कहाँबाट ल्याएको भन्ने अहिलेसम्म नखुलिसकेको पनि जनाइएको छ । अधिकांश सुनको गहनाहरु बनाइएको पाइएको पनि प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको