जुन काम गरेपनि मेहनत र लगनशिलताका साथ गरेमा सफलता पाइन्छ भन्ने कुरामा उनलाई विश्वास छ । एसएलसी परिक्षा दिएपछि गाउँकै विद्यालयमा पढाउन थालिन । प्राइभेट रुपमा आईए पास गरेपछि उनले पद्मकन्या क्याम्पसबाट विए पुरा गरिन् ।
आजको अवस्थासम्म आईपुग्दा उनको आत्मविश्वास चुलिएको छ । जस्तोसुकै काम गर्न सक्छु भन्ने विश्वास छ । भन्छिन्–‘पहिले नै सबै कुरा सिकेर कोहि पनि आएको हुँदैन । हरेक अवस्थामा सिक्दै अघि बढ्ने हो ।’
मानिस सफल हुनका लागि सबैको सहयोग चाहिने उनले बुझेकी छिन् । घर परिवार, साथीभाई र सहकर्मीको सहयोगले सफलताको मार्गमा डोहा¥याएको उनले बताइन । त्यो बाहेक लगनशिलता, परिश्रम र अठोटले मानिसलाई सफल बनाउने उनको अनुभव छ । आजसम्म आँटेको काममा असफल नभएको उनको भनाई छ ।
क्रिष्टल सब रेमिट, क्रिष्टल ट्राभल्स, ललित मनि ट्रान्सफर र एसके इन्टरटेन्मेन्ट सञ्चालन गरिरहेकी लामा व्यापार व्यवसायमा मात्र नभएर समाजसेवा तिर पनि उत्तिकै क्रियाशिल छिन् । विभिन्न इभेन्टहरुमा समेत उनी सक्रियतापूर्वक लागेकी छिन् । संयुक्त आवाज केन्द्रको गुडविल एम्बेसडर उनी रोटरी क्लवमा पनि आवद्ध छिन् । घरपरिवार, व्यवसाय र समाजसेवा सबैतिर समय व्यवस्थापन गरेर उनी अघि बढिरहेकी छिन् ।
फरक–फरक कामले गर्दा उनले धेरै अनुभवहरु बटुलेकी छिन् । अवसर पाएमा महिलाले पनि राम्रो काम गर्न सक्ने उनको बुझाई छ । सौन्दर्य प्रतियोगिताहरु पैसा कमाउन नभई सकारात्मक परिर्वतनका लागि गरेको उनले बताइन । महिलाले गर्न खोजेका काममा घरपरिवार र सबैले सहयोग पु¥याउनु पर्नेमा उनको जोड छ ।
व्यवसाय गर्दा कहिले काही कठिनाईहरु आउने गरेको उनको अनुभव छ । तर त्यस्ता कठिनाइहरुलाई समाधान गर्दै अघि बढ्नु पर्ने मान्यता लामाको छ । नेपालमा पर्यटनको राम्रो सम्भावना र अवसर रहेको छ । रेमिट्यान्सको सहि सदुपयोग हुनु पर्ने उनी बताउँछिन् । विदेशमा कमाएको पैसा स्वदेशमा सदुपयोग गरेमा भविष्य राम्रो हुने उनको सुझाव छ ।
उनको घरपरिवार राजनीतिमा सक्रिय छ । त्यसैले उनले पनि भविष्यमा राजनीतिमा लाग्ने योजना बनाएकी छिन् । पछि गाउँघरमा नै गएर सेवा गर्ने इच्छा उनको छ ।
मानिसले कर्तव्य र अधिकार बुझ्नु पर्ने लामाको भनाई छ । बुबा टेकबहादुर तामाङ र आमा हरिमायाको सन्तानका रुपमा जन्मिएकी उनले अठार वर्ष अघि विवाह गरिन् । घरमा श्रीमान्, सासु र छोरी छन् । त्यहि परिवारको सहयोग, माया र प्रेरणाले गर्दा उनी सफल व्यवसायीको रुपमा अघि बढिरहेकी छिन् ।
प्रस्तुति : मनोज थापा
Shanta Lama