Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु

Reporter

कार दुर्घटनामा परी क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) क्यानडाका अध्यक्ष माधव दुलालका अनुसार अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीन वटा कार ठोक्किएका थिए।

कार दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेका छन्। उनीहरू दुवै जना अविवाहित भएको बुझिएको छ।

उनीहरू लण्डनस्थित फेन्सअ कलेजमा अध्ययनरत रहेका थिए। दुई वर्षअघि क्यानडा पुगेका उनीहरू बिहान काममा जान लागेको समयमा कार दुर्घटनामा परेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको