Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

मोहन घिसिङ लामाले रचे विश्व किर्तिमान

Reporter

विगत लामो समयदेखि नेपाली कला संस्कृतिमा संरक्षण सम्वद्र्धनमा लाग्नुभएका गीतकार, निर्देशक एवं कलाकार मोहन घिसिङ लामाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले युट्युब थम्बलसहित एक सय एक गीत निकालेर विश्व कीर्तिमान कायम गर्नुभएको हो ।

विश्वका विश्व कीर्तिमान प्रदान गर्ने विभिन्न दश संस्थाले प्रदान गरेको प्रमाणपत्र घिसिङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा फागुन २७ गते शनिबार प्रदान गर्नुभएको थियो ।
सो अवसरमा घिसिङको चार हजार ६०० पेजको गीति, जीवनी र मिश्रित वंशावलीको बृहत् पुस्तक पनि प्रधानमन्त्री प्रचण्डले लोकार्पण गर्नुभएको थियो । यस कृतिमा चार हजार ४०० गीत र चार जाति तथा एघार थरको वंशावली रहेको छ । चार जातिमा तामाङ, घिमिरे खत्री, नेवार र माझीको रहेको छ । साथै यो कृतिमा उहाँको जीवन वृतान्त पनि रहेको छ ।

कवि, गीतकार, लेखक, स्क्रिप्ट राइटर, निर्देशक, कलाकारका रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएका घिसिङलाई अमेरिका बुक अफ रेकर्ड, द ब्रिटिश वल्र्ड रेकर्ड, इडिया स्टार वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रकेर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, वल्र्ड ट्यालेन्ट बुकजस्ता दश संस्थाले विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान गरेका हुन् । घिसिङका कार्यलाई सहयोग पुर्‍याएकोमा द ब्रिटिश वल्र्ड रेकर्डले टिका ध्वज थापा ‘रमेश’लाई पनि सहयोगीको प्रमाण प्रत्र प्रदान गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको