Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

‘सक्किगोनी’ टिमको ‘लाज शरणम्’ निर्माण घोषणा

Reporter

दर्शकमाझ पछिल्लो समय निकै चर्चित रहेको हाँस्य टेलिचलचित्र ‘सक्किगोनी’टिमले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ। सरस्वती पूजाको अवसर पारेर सक्किगोनी टिमले पहिलो चलचित्र ‘लाज शरणम्’ निर्माणको घोषणा गरेको हो । बुधबार बेलुका ‘सक्किगोनि’का सबै कलाकारले सामाजिक संजालबाट टाइटलको लोगो सेयर गर्दै चलचित्र बारे थप जानकारी दिएका हुन् ।

कुमार कट्टेल र अर्जुन घिमिरेको टिमले निर्देशन गर्ने यो चलचित्र कमेडी जनरामा निर्माण हुनेछ। २ करोड बजेट छुट्याइएको यो चलचित्रलाई जेपिटि क्रिएसनले निर्माण गर्नेछ। चलचित्रका लागि कट्टेलसहित दीपक आचार्य, हरिश निरौला र गजित विष्टले मिलेर पटकथा लेखिरहेका छन् । कथा र परिकल्पना कुमारको हो । चलचित्रले मुलुक र नागरिकले भोग्नुपरेको यथार्थ समस्यालाई चित्रण गर्नेछ ।

आउँदो बर्षबाट छायांकन गरिने यो चलचित्रमा कुमार, अर्जुनका अलावा ‘सक्किगोनी’मा काम गरेका थुप्रै कलाकारहरूको अभिनय रहनेछ । यस्तै, चलचित्र क्षेत्रका नाम चलेका कलाकारहरूलाई पनि समावेश गर्ने तयारी यो टिमको छ । चलचित्र आउँदो वर्ष नै प्रदर्शन गरिनेछ। यसअघि ‘सक्किगोनी’ टिमले चलचित्र ‘फनफनी’ बनाउने तयारी गरेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको