Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

आज चार वटा संसदीय समितिको बैठक बस्दै

Reporter

आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक अध्ययन उपसमितिले सम्बन्धित मन्त्रालय, सरोकारवाला, विज्ञ एवं संशोधनकर्ता सदस्यसँग छलफल गरी तयार गरेको प्रतिवेदन समितिमा छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ । त्यस्तै दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बस्दै छ । बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको  कार्यान्वयन सम्बन्धी विषयमा राष्ट्रिय सभाबाट स्वीकृत भएको सङ्कल्प प्रस्ताव कार्यान्वयनका लागि एकीकृत कार्यान्वयन योजना सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको