Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स विच सहमती

Reporter

काठमाडौं । चलचित्रकर्मीको हक,हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. विच आज एक कार्यक्रमका माझ चलचित्रकर्मी तथा चलचित्र संरक्षण मञ्चमा आबद्ध सदस्यको आबधिक विमा गर्ने बारे एक आपसमा सहमती भएको छ । यस कार्यक्रममा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम राखाल(रोजन) र उपमहासचिव तेज गिरीको उपस्थिति रहेको थियो भने इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का,उपमहाप्रबन्धक नरोत्तम ढकाल,कर्पोरेट सेल्सबाट सामिन सिहं भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

चलचित्रकर्मीहरुको कामका दौरानमा अथवा अन्य भवितब्य घटनाबाट मृत्यु हुँदा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि चलचित्र संरक्षण मञ्चले सहजिकरण गरि न्यूनतम रु.१ लाख देखि अधिकत रु.२० लाखसम्मको आबधिक विमा गर्ने योजना ल्याएको हो । यस योजनामा बार्षिक रु.१७५ शुल्क तिरेर रु.१ लाखसम्मको विमा हुने ब्यवस्था छ भने उमेर र विमांक रकम अनुसार शुल्क फरक पर्न जाने कुरा यसै मञ्चका उपमहासचिव तथा अभिनेता तेज गिरीले जानकारी दिए ।

मञ्चका अध्यक्ष राखालले यसबाट चलचित्र संरक्षण मञ्चमा आवद्ध सदस्यहरुलाई अत्यन्तै ठुलो लाभ मिल्ने र भविष्यमा पनि यस्तै अन्य थुप्रै सदस्यमुखि लाभदायी कार्यक्रमहरु ल्याउने योजना रहेको हुँदा यस संस्थामा आवद्ध हुनको लागि सबैलाई आब्हान गरेका छन् । यसैगरि इन्स्योरेन्स कम्पनीका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले चलचित्र संरक्षण मञ्च मार्फत चलचित्रकर्मीहरु संग जोडिन पाउँदा खुशी लागेको र चलचित्रकर्मीहरुको हितमा संस्थाले साथ र सहयोग गर्ने कुरा वताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको