Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

निर्मलाको निम्ति न्याय माग्दै सार्वजनिक सवारी साधनमा टाँसियो स्टिकर, पोस्टर

admin

nirmala's poster

काठमाडौं, मंसिर १७ ।
कन्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका निम्ती न्याय माग्दै सोमबार लामो तथा छोटो दूरीका सवारी–साधनहरुमा स्टिकर र पोस्टर टाँसिएको छ ।

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका साना_ठुला स्टिकर र पोस्टरहरु टाँसिएको छ ।

काठमाडौंको गाेंगबुस्थित नयाँ बसपार्कमा पुगेर युवाहरुले स्वस्फूर्त रुपमा सवारी–साधनमा स्टिकर र पोस्टर टाँसेका हुन् ।

‘निर्मला पन्तका निम्ति न्याय’ अभियानका एक अभियन्ता प्रितम सुवेदीले न्यायका लागि देशभरबाट आवाज उठाउन यो अभियान सुरु गरेको जानकारी दिए ।

सवारी–साधनका साथै टोलटोलमा समेत यो अभियान चलाएर सरकारलाई दबाब दिइने जनाए ।

यस्ता स्टिकर र पोस्टर छपाउन, बनाउनका लागि स्वस्फूर्तरुपमा सामाजिक सन्जालबाट रकम जम्मा भइरहेको पनि सुवेदीले बताए ।

केहि दिन अघि, ‘नयाँ युगको सुरुवात’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर राजधानीका पोल–पोलमा टाँसिएको थियो ।

सोही पोस्टरको मुन्तिर ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर टाँसेर केहि युवाहरुले यो अभियान सुरु गरेका थिए । तर, प्रहरी लगाएर ती पोस्टरहरु टाँस्न नदिएर च्यातिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको