Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

सहकारी पीडित आन्दोलन : पूर्वआईजीपी सर्वेन्द्र खनालले दिए साथ

Reporter

काठमाडौं । विभिन्न सहकारीबाट ठगिएका पीडितले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्। उनीहरुले आइतबार नयाँ बानेश्वरस्थित सहकारी विभागमा धर्ना दिए।

सहकारी पीडितको आन्दोलनमा नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले पनि साथ दिएका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको धर्नामा आइतबार खनाल पनि सहभागी भएका थिए। खनालले सहकारीका बचतकर्तालाई राज्यले र ठगहरूले पीडित बनाएको बताए।

सहकारी पीडितको समस्या समाधान गर्न अहिलेसम्म विभिन्न आयोग बनेको र सम्झौता भएका भए पनि कुनै पनि सरकारले कार्यान्वयन नगरेको उनको भनाइ छ। सहकारी ठगहरूले लुट मच्चाउँदा पनि सरकार हेरेर बसेको उनले बताए। सरकारमा रहेकाहरूले नै सहकारीका ठगहरूसँग साँठगाँठ गरेको उनको आरोप छ।

धर्ना चैत १ गतेसम्म चल्ने र त्यतिबेलासम्म पनि माग पूरा नभए देशभरका सहकारी पीडित काठमाडौंमा जम्मा भएर बृहत् आन्दोलन सुरु गर्ने र काठमाडौं ठप्प पार्ने अभियानले बताएको छ।

सहकारी विभागमा धर्नासँगै काठमाडौं, भक्तपुर र ललितपुरका प्रत्येक गल्ली–गल्लीमा कोणसभा र घरदैलो कार्यक्रम गर्ने योजना छ। सहकारीका माफियाहरूलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलन सुरु भएको हो। अभियानमा २ सय ८२ सहकारीका पीडितहरूले ऐक्यवद्धता जनाएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको