
काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चा ले फागुन ९ गतेको आन्दोलनमा आफ्नो समिति खडा गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ले देशभरिका ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाउने र आन्दोलनको सुरुवात गर्ने भन्दै फागुन ९ मा भृकुटीमण्डपमा दिन को १२ बजे सहभागिता हुने भनेर चारैतिर प्रचारप्रसार अगाडि बढाएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चा का उपाध्यक्ष दिकपाल जंग थापाले जानकारी दिदै फागुन ९ गते भृकुटीमण्डपमा राप्रपा का सबै सदस्यको बाक्लो उपस्थिति भै आन्दोलनको सुरुवात गर्ने बताएका छन् ।
युवा मोर्चा ले ९ जनाको समिति खडा भैसकेको पनि जानकारी दिए ।

लोकप्रिय समाचार