Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

आजबाट एमाले केन्द्रीय कमिटी बैठक

Reporter

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म बस्नेछ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरू तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको