Logo
27 Feb 2024    १५ फाल्गुन २०८०, मंगलवार

ताजा खबर

नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भजन शिरोमणी भक्तराज आचार्यको निधन राजेन्द्र महतोद्वारा लोसपा परित्याग

बलात्कारगरेर फरार भारतीय नागरिक पक्राउ

admin

पर्वत, मंसिर १७ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका एक भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूर्को रुपमा काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन् ।

आलमले फलेवास नगरपालिका–५ खानीगाउँकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेको भनी प्रहरीमा उजुरी परेको आधारमा खोजी गर्दा सोही ठाउँमा लुकीछिपी बसेको अवस्थामा आलमलाई पक्राउ गरिएको हो । फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा उनलाई फलेवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जनाए ।

प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त आलमले किशोरीलाई गएको साउन १७ गते दिउँसो २ः३० बजे अर्की एक महिलाको कोठामा र अन्य समयमा आफ्नै कोठामा पनि ललाइफकाइ विभिन्न प्रलोभनमा पारेर बिभिन्न समयमा करणी गरेको खुलेको छ ।

आलमलाई आइतबार नै पर्वत जिल्ला अदालतबाट यौनजन्य प्रकृतिका अपराधअन्तर्गत करणीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धानको लागि पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको