
काठमाडौँ– सिटी वालेट प्रा.ली द्वारा सञ्चालित भुक्तानि सेवा सिटी पे र शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)बीच व्यवसायीक सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।
नेपाल राष्ट्र वैँकद्वारा इजाजत प्राप्त संस्था सिटी वालेट र विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्ने व्यवसायीहरूको छाता संगठन एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता भएको हो। सम्झौता पत्रमा एप्क्यानको तर्फबाट अध्यक्ष प्रज्वल बस्नेत र सिटी पेको तर्फबाट सिइओ विनय रेग्मीले हस्ताक्षर गरेका छन्।

लोकप्रिय समाचार