Logo
20 Jul 2024    ५ श्रावण २०८१, शनिबार

ताजा खबर

गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक(भिडियो) जिग्री पाँडे टिमको ‘लाज शरणम्’ निर्माणको घोषणा सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशतको ब्याजदरमै सापटी दिने बंगलादेशमा हिंस्रक आन्दोलन थप चर्कियो,कम्तीमा २५ को मृत्यु राष्ट्रिय सभा बैठक बस्दै किरण माइकल घिमिरेको लेखन तथा निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी

Reporter

नेपाल ए ले क्यानडा–११ लाई पराजित गरेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा–११ लाई २ विकेटले पराजित गरेको हो। क्यानडा–११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। नेपालका लागि बसिर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए। बसिरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यस्तै, सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडा–११ ले ४९.५ ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभ्भाले सर्वाधिक ६८ रन बनाएका थिए। त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए।

त्यसैगरी नेपाल ए का बलर शाहब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २–२ विकेट लिएका थिए। त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए। यो नेपाल ए टिमको पहिलो जित हो। यो जितपछि नेपाल ए ले क्यानडा–११ बीचको सिरिजमा १–१ को बराबरी गरेको छ। अब सिरिजको अन्तिम खेल तथा निर्णायक खेल बिहिबार हुने छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको