Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

वीरगन्जको कर्फ्यु राति १० बजेसम्मका लागि हटाइयो

Reporter

वीरगन्जमा सोमबारदेखि लगाइएको कर्फ्यु बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको छ।

बुधबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्ज महानगर क्षेत्रमा सोमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यु आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाउने निर्णय गरेको हो।

वीरगन्जमा सोमबारदेखि दुई फरक धर्म समुदायबिचको द्वन्द्वका कारण उत्पन्न तनावको स्थिति साम्य हुदै गएकोले सर्वसाधारण नागरिकको सुविधा र सहजतालाई मध्यनजर गरी अर्को आदेश नभएसम्मका लागि सोमबार साँझदेखि जारी गरिएको कर्फ्यु आदेश बुधबार बिहान ११ बजे देखि राति १० बजेसम्मका लागि हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।

यसअघि मंगलबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने बुधबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्मका लागि मात्र कर्फ्यु खुल्ला गरिने र बिहान ११ बजेपछि पुन कर्फ्युलाई यथावत् राख्ने निर्णय गरेको थियो।

तर बुधबार बिहान १० बजे फेरि बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने अवस्था सामान्य बन्दै गएको देखेपछि बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु हटाउने निर्णय गरेको भुसालले बताए।

यसअघि मंगलबार राति जिल्ला प्रशासन कार्यालयमा हिन्दु समाज पर्सा र स्थानीय प्रशासनबिच तनावग्रस्त बनेको वीरगन्जको अवस्था साम्य पार्न सहमति भएको थियो।

उक्त सहमतिमा मंगलबार दिउँसो सर्वदलीय-सर्वपक्षीय बैठकले गरेका पाँच बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो।

वीरगन्जमा सोमबार हिन्दु धर्मको झण्डा च्यात्ने, फरक धर्मका समुदायलाई गालीगलौज र धम्की दिनेहरूलाई पक्राउ गरी प्रहरीले कारबाही गर्ने सहमति पनि म‌ंगलबार राति स्थानीय प्रशासनसँग भएको हिन्दु समाजका अगुवा रन्जित साहले जानकारी गराएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको