Logo
15 Nov 2025    ३० कार्तिक २०८२, शनिबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

सात महिनामा आठ खर्ब व्यापार घाटा

Reporter

चालु आर्थिक वर्ष २०८०र८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा  आठ खर्ब ११ अर्ब ११ करोड रूपैयाँ बराबरको घाटा व्यहोरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्यांकअनुसार माघ मसान्तसम्ममा आठ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख बराबरको आयात भएको छ भने  ८६ अर्ब ८३ करोड नौ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको छ।

गत आवको सुरुआती सात महिना अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात दुई दशमलव ३१ र निर्यात सात दशमलव ०७ प्रतिशतले घटेको छ।

गत वर्षको तुलनामा समग्र व्यापार घाटा दुई दशमलव ७५ प्रतिशतले घट्दा व्यापार घाटा पनि एक दशमलव ७७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ।

नेपालले सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने मुलुक भारत हो। भारतसँग पाँच खर्ब ५४ अर्ब ७५ करोड ८८ लाखको आयात गर्दा ५८ अर्ब ७२ करोड २७ लाखको मात्रै निर्यात भएको छ। अर्थात् चालु आवको सात महिना अवधिमा भारतसँग मात्र नेपालले चार खर्ब ९६ अर्ब तीन करोड ६० लाख व्यापारघाटा व्यहोरेको छ।

त्यस्तै, दोस्रो ठूलो वैदेशिक व्यापार रहेको मुलुक चीनसँग नेपालले एक खर्ब ७१ अर्ब २३ करोड ६३ लाख बराबर व्यापार घाटा व्यहोरेको छ। माघ मसान्तसम्ममा चीनबाट एक खर्ब ७३ अर्ब नौ करोड ११ लाख बराबरको मालवस्तु आयात हुँदा एक अर्ब ८५ करोड ४८ लाख बराबरको निर्यात भएको छ

चालु आवको सुरुआती सात महिना अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ। यो अवधिमा ७७ अर्ब ४१ करोड ९८ लाख बराबरको डिजेल, ३८ अर्ब ८२ करोड ६३ लाख बराबरको पेट्रोल र  ३० अर्ब ३१ करोड २४ लाख बराबरको एलपी ग्याँस आयात भएको छ।

त्यस्तै, फलामजन्य सामग्री रू २२ अर्ब ६६ करोड, रू १७ अर्ब ३८ करोड ३६ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको