Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

जग्गाको पैसा माग्दा अपहरणको आरोप :गणेश लामा

Reporter

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य गणेश लामाले जग्गा विक्री वापतको पैसा माग्न थालेपछि आफूविरुद्ध अपहरणको आरोप लगाइएको दाबी गरेका छन् ।

युवा नेता लामाले ३० असोज २०७१ मा व्यवसायी ज्ञानेन्द्र खड्काले जग्गा पास गरिदिन भनेको तर, यत्तिका वर्षसम्म पैसा नदिएको बताएका छन ।
डेढ÷दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिदिएका थिए, उनले भने , ‘उहाँलाई त्यहाँ भेट्दाखेरी उहाँ आफैंले दाई तपाईँको पैसा दिन्छु भनेर छिनोफानो गर्नुभएको हो ।

अहिले पनि आनाको ५० लाख जाने ४० आना जग्गा उहाँको श्रीमतीको नाममा पास छ । त्यही जग्गाको बारेमा उहाँसँग कागज गरिएको हो । कानुनबमोजिम वडामा उहाँ आफैं गएर कागज गर्नुभएको छ ’ लामा भन्छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको