Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

लहरी घरमाथि पल्टिँदा एकै घरका दुई सहित तीन बालबालिकाको मृत्यु

Reporter

मोरङको बुढीगंगा गाउँपालिको एक घरमाथि लहरी पल्टिँदा दुई बालक सहित तीन जनाको मृत्यु भएको छ । बुढीगंगा वडा नम्बर–४ प्रगती टोलमा लहरी दुर्घटना भएर तीन जनाको मृत्यु भएको हो । मृत्यु हुने एकै परिवारको दुई जना बालक सहित अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृत्यु हुन्मा बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योती अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरु सुतेको बेला लहरी गाडी पल्टिँएर ठुलो ढुंगाले किचेर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । ज्योती अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

आज विहान कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा ४ प्रगती टोलमा दुर्घटना भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको