Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

घट्यो पेट्रोलियम पदार्थको मूल्य

admin

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए । भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ । यस्तै डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ । यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १२.३२ रुपैयाँ प्रतिलिटरले र डिजेलमा १५.७१ रुपैयाँले सस्तो हो ।

निगमलाई यो आथिर्क वर्षमा मात्र ३ अर्व ८४ करोड घाटा भइसकेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । खरिद मूल्य अत्याधिक बढेको बखतमा पनि नेपाल सरकार तथा सम्बन्धित संसदिय समितीको चाडवाडको बेला पेट्रोलियम पदार्थको मूल्य नबढाउन अनुरोध भएपछि निगमले मूल्यवृद्धि गरेको थिएन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको