Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

इलाम र बझाङमा वैशाख १५ गते उपचुनाव

Reporter

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उप-निर्वाचन आगामी २०८१ वैशाख १५ गते गर्ने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा उप-निर्वाचन आगामी वैशाख १५ गते गर्ने निर्णय गरेको हो ।

इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा मिति वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय भएको आयोगका उपसचिवसमेत रहेका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त भएको थियो । नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित संघीय संसद सचिवालय र प्रदेश सभा सचिवालयबाट आयोगलाई प्राप्त भएको थियो।

यसरी कुनै सदस्यको स्थान, प्रतिनिधिसभा वा प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, त्यसै प्रक्रियाबाट पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भएबमोजिम उपनिर्वाचनको मिति तोकिएको हो । यस उपनिर्वाचनमा सहभागिता, सहयोग र सहकार्यका लागि निर्वाचन आयोगले सबैलाई आग्रह पनि गरेको छ ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको