Logo
20 Jul 2024    ५ श्रावण २०८१, शनिबार

ताजा खबर

गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक(भिडियो) जिग्री पाँडे टिमको ‘लाज शरणम्’ निर्माणको घोषणा सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशतको ब्याजदरमै सापटी दिने बंगलादेशमा हिंस्रक आन्दोलन थप चर्कियो,कम्तीमा २५ को मृत्यु राष्ट्रिय सभा बैठक बस्दै किरण माइकल घिमिरेको लेखन तथा निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने

सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक(भिडियो)

Reporter

सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक भएको छ ।

विशाल पौडेलको सङ्गीत, प्रदीप जोशीको मिक्सिङरमाष्टरिङ र सुरेनकै शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

पिटर गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दिक्पाल कार्की र जिशु कोइरालालाई फिचरिङ गरिएको छ ।

दिपेन खडकाको छायांकन रहेको भिडियोमा विष्णुहरि तिमिल्सिनाको सम्पादन छ ।

गीतको भिडियो सुरेन गौतम म्युजिक युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘गीत र म्युजिक भिडियो दुवै अत्यन्त आकर्षक बनेको छ र दर्शक श्रोताको मन जित्नेमा दुइमत छैन’, गायक गौतमले भन्नुभयो ।

लामो समयदेखि गीत संगीतमा सक्रिय रहँदै आउनुभएका गौतम अमेरिकामा रहेर नेपाली गीत संगीत क्षेत्रमा आफूलाई तल्लिन बनाउँदै आउनुभएको छ ।

उहाँका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको