Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

‘ब्यूटी विथ पर्पज’ अवार्ड नेपाली सुन्दरी श्रृंखला खतिवडालाई

admin

shrinkhala khatiwada

काठमाडौं, मंसिर १८ ।
चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी शृङ्खला खतिवडाले ‘ब्यूटी विथ पर्पज’ अवार्ड हात पारिन ।

चीनको सान्यामा चलिरहेको प्रतियोगितामा शृङ्खलाले सहभागी कुल ११७ देशका सुन्दरीलाई पछि पार्दै सो अवार्ड जितेकी हुन् । मिस वर्ल्डमा सहभागी हुने सुन्दरीले समाजमा सकारात्मक प्रभाव पर्ने एक परियोजनामा काम गर्नुपर्ने व्यवस्था अनुसार श्रृंखलाले आफ्नो गृह जिल्ला मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौैकी र अन्य बिभिन्न भौतिक संरचना बनाएकी थिइन् ।

उनी एक आर्किटेक्चर हुन् र त्यही ज्ञानको प्रयोग गरेर स्वास्थ्य चौकी तथा अन्य बिभिन्न भौतिक संरचना बनाएकी हुन् ।

यसअघि सन् २०१३ मा भएको प्रतियोगितामा नेपालकी प्रतिस्पर्धी इशानी श्रेष्ठले प्रोजेक्ट स्माइल मार्फत ‘ब्यूटी विथ पर्पज’ अवार्ड पाएकि थिइन् ।

साथै श्रृंखलाले भोटिङ मार्फत छानिने मल्टिमिडिया अवार्ड समेत जितिसकेकि छिन् । दुई अवार्ड हात पार्न सफल नेपाली सुन्दरी खतिवडा प्रतिस्पर्धाको उत्कृष्ट ३० मा पर्न सफल भएकी छन् । यसअघि हेड टू हेडको दोस्रो चरणमा भने उनी पराजित भएकी थिइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको