Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

Reporter

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो। उनीसँगै सेञ्चुरी बैंकका पूर्वसीईओ तुल्सीराम गौतम पनि पक्राउ परेका छन् । उनीहरूसँगै १० जनालाई सीआईबीले नियन्त्रणमा लिएको छ । नेपाल राष्ट्र बैंकले उनलाई पक्राउ गर्नका पत्राचार गरेपछि सीआईबीले पक्राउ गरेको बुझिएको छ ।

न्यौपानेमाथि सेन्चुरी बैंकको सीईओ पदमा रहँदा ऋण प्रवाहको समयमा दुरुपयोग गरेको आरोप लगाइएको छ । हाल न्यौपाने प्रभु बैंकका डेपुटी सीईओ हुन्।

सीआईबीका अनुसार सेन्चुरी बैंकमा रहँदा भएको घटनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। गत पुसमा सेन्चुरी बैंक प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाइएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको