Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत

Reporter

न्याय मार्च गर्दै काठमाडौँ आएका सहकारी र मिटरब्याज पीडितहरुले आफ्ना ६ बुँदे मागका बारेमा सरकारलाई जानकारी गराएका छन् ।

मंगलबार गृहमन्त्रालयमा भएको वार्ताका क्रममा मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिले आफ्ना मागका बारेमा सरकारी वार्ता टोलीलाई जानकारी गराएको हो ।

आफुहरुको मागका बारेमा जानकारी गराएपनि सरकार सकारात्मक नदेखिएको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए ।

अध्यक्ष कुशवाहले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पनती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायीक आयोग गठन हुनुपर्ने लगाएतका माग गरेको बताए । उनले अब सरकारसँग वार्ताका साथै आन्दोलन पनि निरन्तर चल्ने जानकारी दिए ।

गृह मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिलाई पत्र लेखेर वार्तामा बोलाएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको