Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

६२० किलो गाँजा बरामद

Reporter

धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले छ सय २० किलो गाँजा बरामद गरेको छ।

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको ट्रकमा राखिएको छ सय २० किलो गाँजासहित धादिङ प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो।

लागुऔषध गाँजासहित ट्रक चालक सर्लाहीको २९ वर्षीय सन्तोषकुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीको कमाण्डमा खटिएको टोली खटिएको टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको हो।

पृथ्वी राजमार्गबाट ठूलो परिमाणमा गाँजा लिएर एउटा ट्रक सर्लाहीतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा नियन्त्रण गर्न सफल भएको प्रहरी उपरीक्षक केसीले बताए। गाँजासहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको