Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

खुल्यो कुलेखानी–फाखेल सडक

Reporter

कुलेखानी–फाखेल सडक खण्ड आजदेखि खुलेको छ । स्तरोन्नतिका लागि गएको पुस १६ गतेदेखि यो सडक खण्डमा गाडी सञ्चालनमा रोक लगाइएको थियो । कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड बाग्मती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाण्डौसँग जोड्ने छोटो मार्ग हो ।

यसैबीच, मकवानपुर भएर काठमाण्डौ जोड्ने अर्को छोटो दुरीको कुलेखानी–महालक्ष्मी खोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडकखण्ड हिजोदेखि  एक हप्ताका लागि बन्द गरिएको छ । यो सडक खण्डमा रोलर ग्रेडर सहितको सबवेस राख्ने काम भैरहेकाले एक हप्ताका लागि गाडी सञ्चालनमा रोक लगाइएको इन्द्रसरोवर गाउँपालिका वडानम्बर ५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको