Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

पक्राउ परेकालाई रिहा नगरे सबै बैंकरले पेन डाउन गर्ने

Reporter

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको पूर्वसीईओ तुलसी गौतम, प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओसहित १० जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समातेको विषयमा नेपाल बैंकर संघले छलफल गरेको छ।

पक्राउ परेका बैंकमा कर्मचारीलाई रिहा नगरे पेन डाउन गरिने छलफल भएको हो। आजको छलफलमा एक पटक कर्जाका प्रवाहको विषय प्रहरी प्रशासनलाई स्पष्ट पार्ने तर प्रहरीले रिहा नगरेको खण्डमा पेन डाउन गरेर विरोध गर्ने छलफल भएको हो।

नेपाल बैंकर्स संघले आकस्मिक बैंठकमा वाणिज्य बैंकका सीईओ सहभागी थिए। ओभर भ्यालुएसन (अधिक मूल्यांकन) गरेर ऋण दिएको भन्दै प्रहरीले बहालवाला र पूर्वबैंकर समातेपछि बसेको बैंकर्स संघको बैंठक बोलाएको थियो।

मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० बैंकर समातेको थियो। धितोले धान्नेभन्दा धेरै कर्जा प्रवाह गरेको अनुसन्धानमा देखिएपछि मंगलबार तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई सीआईबीले पक्राउ थियो। उनीहरुलाई अनुसन्धान गर्न अदालतले एक हप्ताको समय दिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको