Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

Reporter

त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा पनि नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन मात्र बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शून्य रनमा आउट भए । बलिङमा नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टले सर्वाधिक २ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । नेदरल्यान्डका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन जोडेका थिए ।

साइब्रान्ड एंगलब्रेक्ट ४९ रनमा अविजित रहदा म्याक्स ओ डाउड ४, कप्तान स्कट एडवार्ड्स ३३, तेजा निदामानुरु ३१ रन बनाएर आउट भएका हुन् । बलिङममा नेपालका करण केसी र कुशल मल्लले एकएक विकेट लिएका थिए ।

पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको