Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको शपथ फागुन २१ गते

Reporter

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको शपथ कार्यक्रम फागुन २१ गते हुने भएको छ । संघीय संसद सचिवालयले सूचना जारी गर्दै फागुन २१ गते बिहान साढे ११ बजे संघीइ संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शपथ हुने जानकारी गराएको हो ।

राष्ट्रियसभा सदस्यका लागि गत माघ ११ गते भएको निर्वाचनबाट १९ जना निर्वाचित भएर आएका छन् । ५९ सदस्यीय राष्ट्रियसभामा एक चौथाइ सांसद प्रत्येक दुई वर्षमा चुनिएर फेरिन्छन् ।

२०७४ सालमा निर्वाचित भएका सांसदहरुमध्ये गोलाप्रथाद्वारा ६ वर्षे कार्यकाल भएकाहरु यही फागुन २० गतेबाट बिदा हुँदैछन् । उनीहरुको ठाउँमा निर्वाचित भएकाहरुको शपथ फागुन २१ गते हुन लागेको हो ।

माघ ११ गतेको चुनावबाट राष्ट्रियसभामा कोशी प्रदेशबाट नेपाली कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला, मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भएका छन् ।

यस्तै, बागमतीबाट कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशबाट कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा, लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी, कर्णाली प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया र सुदूरपश्चिम प्रदेशबाट माओवादीकी रेणु चन्द, कांग्रेसका नारायण भट्ट र कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएर आएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको