Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

सुनसरीको दक्षिणी भेगमा प्रहरीको विशेष सुरक्षा दस्ता

admin

Sunsari district

सुनसरी, मंसिर-१८ ।
हत्याहिंसाका शृंखलाबद्ध घटना बढ्दै गएपछि सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा अधिकारसम्पन्न विशेष सुरक्षा दस्ता परिचालन गरिएको छ । मुस्लिम समुदायका दुई अगुवाको लागतार हत्या भए पश्चात प्रहरीले अधिकारसम्पन्न सुरक्षा दस्ता गोप्य रूपमा परिचालन गरेको हो ।

सीमावर्ती क्षेत्रमा हत्याहिंसा गरेर अपराधी फरार हुने र साना हात हतियार तथा लागुऔषधको पनि कारोबार बढ्न थालेसंगै विशेष सुरक्षा दस्ता सुरु गरिएको प्रहरीले जनाएको छ । प्रदेश नं. १ प्रहरी उच्च स्रोतका अनुसार ती सुरक्षाकर्मीलाई आवश्यक परे ठाउँको ठाउँ गोली हान्नेसम्मको अधिकार प्रदान गरिएको छ ।

सुनसरीका जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले साना हतियारको बढ्दो प्रयोगसँगै चुनौतीपूर्ण बनेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको जानकारी दिए । चेकजाँच र अनुसन्धानका क्रममा बाधा अड्चन आए प्रहरीले आफ्नो अधिकार प्रयोग गर्न सक्ने उनले जनाए ।

विशेष दस्तामा सुनसरी बाहेकका जिल्लाबाट समेत दक्ष र अनुभवी प्रहरीको समुह समेटिएका छन् । उनीहरूले गाउँटोलदेखि लिएर सीमा क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्नेछन् । सोधपुछ र चेकजाँचका क्रममा दस्तालाइ बाधा आइपरे ‘स्पट सुट’ गर्ने अधिकार प्रदान गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको