Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

सुनसरीको दक्षिणी भेगमा प्रहरीको विशेष सुरक्षा दस्ता

admin

Sunsari district

सुनसरी, मंसिर-१८ ।
हत्याहिंसाका शृंखलाबद्ध घटना बढ्दै गएपछि सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा अधिकारसम्पन्न विशेष सुरक्षा दस्ता परिचालन गरिएको छ । मुस्लिम समुदायका दुई अगुवाको लागतार हत्या भए पश्चात प्रहरीले अधिकारसम्पन्न सुरक्षा दस्ता गोप्य रूपमा परिचालन गरेको हो ।

सीमावर्ती क्षेत्रमा हत्याहिंसा गरेर अपराधी फरार हुने र साना हात हतियार तथा लागुऔषधको पनि कारोबार बढ्न थालेसंगै विशेष सुरक्षा दस्ता सुरु गरिएको प्रहरीले जनाएको छ । प्रदेश नं. १ प्रहरी उच्च स्रोतका अनुसार ती सुरक्षाकर्मीलाई आवश्यक परे ठाउँको ठाउँ गोली हान्नेसम्मको अधिकार प्रदान गरिएको छ ।

सुनसरीका जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले साना हतियारको बढ्दो प्रयोगसँगै चुनौतीपूर्ण बनेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको जानकारी दिए । चेकजाँच र अनुसन्धानका क्रममा बाधा अड्चन आए प्रहरीले आफ्नो अधिकार प्रयोग गर्न सक्ने उनले जनाए ।

विशेष दस्तामा सुनसरी बाहेकका जिल्लाबाट समेत दक्ष र अनुभवी प्रहरीको समुह समेटिएका छन् । उनीहरूले गाउँटोलदेखि लिएर सीमा क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्नेछन् । सोधपुछ र चेकजाँचका क्रममा दस्तालाइ बाधा आइपरे ‘स्पट सुट’ गर्ने अधिकार प्रदान गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको