Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ प्रकाश ज्वालाको प्रस्ताव– सांसदको सुविधा घटाऔँ बलिवुडका संगीतकार एआर रहमान अस्पताल भर्ना प्रतिनिधिसभा बैठकको क्यालेन्डर तयार प्रतिनिधि सभा बैठक बस्दै

वाफ महिला च्याम्पियनसिप : उपविजेता बन्यो नेपाल

Reporter

वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो । जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

टाइब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले बराबरी गोल गरिन् । त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा नेपालकी दिपा शाहीले पनि गोल गरिन् । त्यसपछि जोर्डनको लगातार दुई प्रहार गोलमा परिणत भएको थियो तर नेपालकी हिरा भुजेलले गोल गरे पनि अमृता जैशीले भने गोल गर्न सकिनन् । जोर्डनको पाँचौ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो ।

त्यसअघि खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो । नेपालका लागि सविता राना मगरले खेलको २९ औँ मिनेटमा गोल गरेकी थिइन् । अनिता बस्नेतको स्थानमा खेलिरहेकी सविताले नेपालका लागि पहिलो गोल गर्न सफल भएकी थिइन् ।

त्यस्तै खेलको ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्यो । जोर्डनका लागि साराह अबु साबाहले गोल गरिन् । तर खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा पेनाल्टीमा नेपालकी गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । जोर्डनकी जबाराहले बक्समा बल ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको