Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग

Reporter

जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारले बन्द गर्ने निर्णय गरेता पनि केही इन्टरनेट सेवा प्रदायकले बन्द नगरेको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘केही समय अगाडि नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगायो । जुन स्वागत योग्य नै थियो,’ उनले भनेका छन्, ‘तर, अहिले पनि यो कतै चलिरहेको छ । केही सेवा इन्टरनेट प्रदायकले टेरेको छैन् । यसमा सरकारले सक्दो कारबाही गर्नुपर्‍यो ।’

सामाजिक सञ्जाल टिकटकलाई दुरुपयोग गरेर विभिन्न समुदाय धार्मिक, सांस्कृतिक र भेषभूषाका व्यक्तिहरुबीचको सामाजिक सद्भाव र पारिवारिक एकतामा खलल पुर्‍याएकाले सरकारले बन्द गरेको भन्दै उनले बन्द गर्ने निर्णयको बचाउ गरे ।

पूर्णत बन्द गर्न आग्रह गर्दै उनले अटेर गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको