Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता

Reporter

न्यायको माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका मिटरब्याज र लघुबित्त पीडितसँग आज पनि सरकारले वार्ता गर्दैछ। सरकारले शुक्रबार पनि उनीहरुसँग वार्ता गरेको थियो।

शुक्रबारको वार्ता सकारात्मक भएकोले आज सहमति जुट्ने सम्भावना रहेको मिटरब्याज पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले बताए। आज वार्ता हुने भनिए पनि समय भने निश्चित भइसकेको छैन।

सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ ।

अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको