Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन

एक महिनामा ९७ हजार पर्यटक भित्रिए

Reporter

पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन्।

गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए। विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन्।

यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार पाँच सय ७८ पर्यटक रहेका छन्। चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९,  श्रीलङ्काबाट तीन हजार ६ सय ८४ जना नेपाल आएका हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको