Logo
10 Dec 2024    २५ मंसिर २०८१, मंगलवार

ताजा खबर

प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढ्यो गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा ‘पग्लियो यो मन’(भिडियो) गढीमाई मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करणको पहिलो अडिसनमा उत्साहजनक सहभागिता

admin

मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करणको पहिलो अडिसनमा सहभागीहरुको उत्साहजनक सहभागिता रहेको छ । दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस ब्युटिफुलमा सहभागीहरुको उत्साहजनक सहभागिता रहेको हो ।

अविवाहित र विवाहित महिलाबीचको यो सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ भने दोस्रो अडिसन २८ मंसिरमा हुँदैछ ।

‘पहिलो अडिसनमा सहभागीहरुको उत्साहजनक सहभागिता रह्यो, अब दोस्रो अडिसनको तयारीमा छौं’, आयोजक सँस्थाका अध्यक्ष टेकराज पाण्डेले भने । उनकाअनुसार पहिलो अडिसनबाट २० जना प्रतिस्प्रधिलाई छनोट गरिएको छ ।

 

प्रतियोगिताको निर्णयक मण्डलमा गायक यमन श्रेष्ठ, सञ्चारकर्मी विकाश थपलिया, कलाकार निराजन थापा, रश्मि भट्ट, राज लुइटेल र संगीता बस्याल मिस व्युटिफूल नेपाल २०१८ रहेका थिए ।

प्रतियोगिताको फाइन भने माघ १२मा राजधानीमा एक विशेष कार्यक्रमबीच गरिने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई एकलाखको पुरस्कार सहित विभिन्न गिफ्ट ह्यापर पनि रहेको पाण्डले जनाए ।

नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा ल्याएर उनीहरुलाई व्यवसायिक मोडल बनाउन मिसब्युटिफूल नेपाल र मिसेस ब्युटिफूल नेपाल आफुहरुले आयोजना गर्दै आएको दक्ष इन्टरनेशनल प्रा.लि.की कार्यकारी निर्देशक दीपा थपलियाले बताइन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको