Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

निताको स्वरमा ‘चुप चाप’ (भिडियो)

Reporter

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता/दर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले भन्नुभयो । आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मनको धोको’ जस्ता गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । नेपालबाहिर अमेरिकामा बस्दै आउनुभएकी आचार्यले सबै प्रकारका गीत गाउँदै आउनुभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको