Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

काठमाडौंमा फागुन २४ देखि २८ गतेसम्म चेम्बर एक्स्पो २०२४ आयोजना

Reporter

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा फागुन २४ गतेदेखि काठमाडौंमा चेम्बर एक्स्पो २०२४ आयोजना हुने भएको छ ।

चेम्बरले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सातौ चरणको चेम्बर एक्स्पो २०२४ फागुन २४ देखि २८ गते सम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने जनाएको हो ।

स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।

एक्स्पोले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने उनले बताए।

प्रर्दशनीमा हस्तकलाका बस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु रहने र स्थानीय उत्पादनका केहि स्टलहरुलाई निशुल्क गरिएको अध्यक्ष मल्लले जानकारी दिए।

एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको