
विराटनगर, मंसिर १८ ।
आज बिहान ३ बजे को१९प ४४७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिदा एकजनाको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका- ६ स्थित हाटखोला बजारमा भएको उक्त दुर्घटनामा परि अर्का एकजना गम्भिर घाईते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार उर्लाबारी नगरपालिका- ६ कै २५ वर्षीय अमित धिमाल हुन । उपचारको क्रममा उनको अरनिको अस्पतालमा बिहान सवा ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अर्का घाइते भएका ३० वर्षीय मोटरसाईकल चालक बोरीस धिमालको भने नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आज बिहान ३ बजे को१९प ४४७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमै पल्टिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

लोकप्रिय समाचार