Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिदा एकजनाको मृत्यु

admin

bike accident on biratanagar

विराटनगर, मंसिर १८ ।
आज बिहान ३ बजे को१९प ४४७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिदा एकजनाको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका- ६ स्थित हाटखोला बजारमा भएको उक्त दुर्घटनामा परि अर्का एकजना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार उर्लाबारी नगरपालिका- ६ कै २५ वर्षीय अमित धिमाल हुन । उपचारको क्रममा उनको अरनिको अस्पतालमा बिहान सवा ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अर्का घाइते भएका ३० वर्षीय मोटरसाईकल चालक बोरीस धिमालको भने नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान ३ बजे को१९प ४४७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमै पल्टिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको