Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

कुवेर तामाङको ‘किन माया गर्यौं’ मा संजित भण्डारी र मेग सुवेदी(भिडियो)

Reporter

काठमाडौं । फोटोग्राफरमा ख्याती कमाएका कुवेर तामाङ म्यूजिक भिडियो निर्देशक हुदै गायक समेत भएका छन । करिव डेढ दशकभन्दा लामो समयदेखि ग्ल्यामर फोटोग्राफरको रुपमा चर्चा कमाएका तामाङले आफ्नो स्वर तथा शव्दमा तयार भएको गीत ‘किन माया गर्यौं’ भिडियो सहित सार्वजनिक गरेका छन ।

‘सिजल एण्ड सिस्टर न्यूज एण्ड ईन्टरटेनमेन्ट’ युट्युब च्यानलबाट सार्वजिनक गरिएको उक्त गीतलाई पुस्कर सुनुवारले संगीत दिएका छन भने विप्लव अधिकारीले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन ।

सपना श्रेष्ठ तथा सपना कटवालले निर्माण गरेका गीतको भिडियोमा मोडल संजित भण्डारी,समाजसेवी मेग सुवेदी तथा रिचा थापा र प्रनिमा दाहालले अभिनय गरेका छन ।

बुद्ध थापा टिमको छायांकन रहेको भिडियोलाई सम्पादन विवेक सुनार र कलर श्याम कुवरले गरेका हुन । स्किृप्ट राईटर उत्सव पौडेल, र सहायक निर्देशन मोहन सुनार (नविन)को रहेको भिडियोलाई निर्देशन स्वयं कुवेर तामाङले नै गरेका हुन भने कन्सेप्ट समाजसेवी मेग सुवेदीको रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको