Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

आर्थिक मस्यौदा समितिले आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिवेदन पेश गर्दै

admin

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, मंसिर १८ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज चलिरहेको छ । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा पाँच दिनदेखि जारी बैठकमा प्रस्तावित विधान मस्यौदामाथि विस्तृत छलफल चल्दै छ ।

विधान मस्यौदामाथि केन्द्रीय सदस्यहरुले विभिन्न सुझाव दिने कार्यक्रम जारी छ । यही आउँदो मंसिर २८ गतेबाट काठमाडौंमा बस्ने महासमितिको बैठकमा पेश गरिने पार्टीको विधानलाई एकमत बनाउनको निम्ति केन्द्रीय सदस्यहरुले विभिन्न सुझाव दिइरहेका छन् ।

कांग्रेस महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले फरक मतसहितको विधान मस्यौदा मंसिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए । मस्यौदामाथि टिप्पणी गर्ने सदस्यहरुको संख्या बढ्दै गएपछि छलफल पनि लम्बिँदै गएको छ ।

आज बस्ने केन्द्रीय समितिको बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको आर्थिक मस्यौदा समितिले प्रतिवेदन पेश गर्ने तयारी गरेको रहेको छ । महासमिति बैठकमा पेश गर्ने आर्थिक प्रतिवेदन तयार भइसकेकाले केन्द्रीय समितिमा पेश गर्ने तयारी गरिएको जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको