Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

आर्थिक मस्यौदा समितिले आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिवेदन पेश गर्दै

admin

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, मंसिर १८ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज चलिरहेको छ । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा पाँच दिनदेखि जारी बैठकमा प्रस्तावित विधान मस्यौदामाथि विस्तृत छलफल चल्दै छ ।

विधान मस्यौदामाथि केन्द्रीय सदस्यहरुले विभिन्न सुझाव दिने कार्यक्रम जारी छ । यही आउँदो मंसिर २८ गतेबाट काठमाडौंमा बस्ने महासमितिको बैठकमा पेश गरिने पार्टीको विधानलाई एकमत बनाउनको निम्ति केन्द्रीय सदस्यहरुले विभिन्न सुझाव दिइरहेका छन् ।

कांग्रेस महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले फरक मतसहितको विधान मस्यौदा मंसिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए । मस्यौदामाथि टिप्पणी गर्ने सदस्यहरुको संख्या बढ्दै गएपछि छलफल पनि लम्बिँदै गएको छ ।

आज बस्ने केन्द्रीय समितिको बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको आर्थिक मस्यौदा समितिले प्रतिवेदन पेश गर्ने तयारी गरेको रहेको छ । महासमिति बैठकमा पेश गर्ने आर्थिक प्रतिवेदन तयार भइसकेकाले केन्द्रीय समितिमा पेश गर्ने तयारी गरिएको जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको