Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Reporter

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिएका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए । प्रचण्डको प्रस्ताव, सरकारमा सहभागीताबारे छलफल गर्न बैठक बोलाइएको हो ।

यसैबीच, मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसहितको बैठकमा एकीकृत समाजवादी सरकारमा जान सकारात्मक रहेको जनाएको थियो । यसबारे समाजवादीको आजको बैठकले निर्णय गर्नेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको