Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

सुनको मूल्यमा नयाँ रेकर्ड

Reporter

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ। अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार नौ सय कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २२ हजार चार सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ४० तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ। अन्तरराष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय २६ डलर आसपास कारोबार भइरहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको