Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

पुसमा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने

admin

काठमाडौं, मंसिर १८ ।
पूर्व क्षेत्रको पर्यटकिय क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ शुरु हुने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई समेटेर मेची अञ्चलस्तरीय पर्यटन महोत्सव गर्न लागिएको जानकारी दिएको छ ।

आगामी पुस ५ गतेदेखि पुस १५ गतेसम्म महोत्वस आयोजना गरिने बताइएको छ । सिक्किम र पश्चिम बंगालसहितका लगभग १ लाख आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तथा २ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य आयोजकको रहेको छ ।

मेची अञ्चलको सम्पुर्ण जिल्लको सांस्कृतिक, आर्थिक र पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मेची पहाडि क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौलारीले जानाए ।

‘समृद्धिको आधार हाम्रो पर्यटन’ नारा दिइएको उक्त महोत्सवमा स्थानीय उत्पादनका स्टलहरु, खानाका परिकार, कृषिजन्य उत्पादन, औद्योगिक उत्पादन र स्थानीय सांस्कृतिक झाँकी, कला, संगीत प्रस्तुत गरिने जानईएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको