Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३० हजार ९६० पुग्यो

Reporter

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार ९६० पुगेको छ । त्यसैगरी ७२ हजार ५२४ जना घाइते भएको पनि हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ८२ जना प्यालेस्टाइनीको हत्या भएको छ भने १२२ जना घाइते भएका छन् ।

शुक्रबार रातिदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाइ हमलामा बालबालिका र महिला सहित थुप्रै प्यालेस्टाइनीहरू मारिएका र केही घाइते भएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ।

दक्षिणी गाजा पट्टीका खान युनिस र रफाह शहरहरूका थुप्रै घरहरूलाई निशाना बनाएर गरिएको तीव्र हवाइ आक्रमणमा कम्तीमा २३ व्यक्तिको मृत्यु भएको प्रतिवेदनले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको