Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी

Reporter

पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी भारी मतका साथ विजयी भएका छन् ।
पाकिस्तानको निर्वाचन आयोगले जनाए अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभा लगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर विजयी भएका हुन् ।

जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गर्नु भएको छ भने पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरेका छन् ।

जरदारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १८१ मत प्राप्त गरेका छन् । ६८ वर्षीय जरदारीले शुक्रबार विदाइ भएका निवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिँदै छन् । सन् २००८ देखि २०१३ सम्म ११ औं राष्ट्रपति रहेका जरदारीको उक्त पदमा यो दोस्रो विजयी हो । जरदारी सन् २०२४ फेब्रुअरी ८ मा भएको आम निर्वाचनमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। राष्ट्रपतिको शपथ लिनुअघि उनले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको