Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक(भिडियो)

Reporter

गीतकार अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक भएको छ । बरिष्ठ सङ्गीतकार राजु सिंहको सङ्गीत, एड्रीन प्रधानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

नवीन श्रेष्ठको निर्देशन रहको गीतको भिडियोमा लबिन अन्सारी र प्रतिमा राजघतानीलाई फिचरिङ गरिएको छ ।
निरनजुल कायस्थको छायांकन रहेको भिडियोमा हिम्मत चैसिरको सम्पादन र टेकेन्द्र शाहको कलर छ । गीतको भिडियो बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

भोजपुरमा जन्मिएर काठमाडौंलाई कमर्थलो बनाइ थुप्रै सिर्जना पाठक तथा दर्शकमाझ पस्किनुभएका सर्जक बान्तुका धेरै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । कवि एवम् गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) सङ्ग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’एल्बम पाठक/श्रोता र दर्शकमाझ ल्याउनुभएको छ ।

उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो । गीतलेखन तथा सामाजिक कार्यहरूमा पनि आफूलाई सक्रिय बनाउँदै आउनुभएका अमरको ‘गर्मी भयो धरान’, ‘सिल्की कपाल उड्यो’, ‘तिम्रो शहर’, ‘हृदयको आवाज’, मार्‍यो सुड्डोले’, ‘काठे भाकैले’, ‘चकमक झुलो दल्छिन ढुंगा’, ‘कुटु कुटु खायो मुटुलगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको