
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा पिएनजीले नेपाललाई पराजित गरेको छ ।
जितका लागि १७२ रनको लक्ष्य पाएको नेपाल १६.३ ओभरमै अलआउट हुँदै ८५ रन मात्रै जोड्न सक्यो ।
यससंगै नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले टी–२० सिरिजको उपाधि जित्यो ।
नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लोकप्रिय समाचार