Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

चन्द्रनिगाहपुरमा चाेरीकाे माेटरसार्इकलसहित दुर्इ पक्राउ

admin

Rautahat

चन्द्रनिगाहपुर, मंसिर १८ ।

चोरीको मोटरसाइकल सहित ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले मंगलबार दुई जना व्याक्तिलाई पक्राउ गरेको छ ।

भक्तपुरबाट चोरी भएको पल्सर मोटरसाईकल सहित रौतहट गुजरा नगरपालिका ४ का शेख सम्सुद्दिन र शेख नेहाजलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रपुरबाट उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले जानकारी दिए । साबिक बा९६प १७७० नम्बरको मोटरसाईकललाई बा९१प ४२७ नम्बर बनाएर चढेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियोे ।

मोटरसाइकल हराएपछि सवारी धनी ध्रुव श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेका दुवै र मोटरसाइकल आवश्यक कारवाहीका लागि भक्तपुर पठाइने डिएसपी खड्काले जनाए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको